मञ्जुश्री ‘कोअपरेटिभ’का अध्यक्ष घिमिरे पक्राउ

सहकारी ठगीको आरोपमा ‘कोअपरेटिभ’का अध्यक्ष नारायणप्रसाद घिमिरेलाई पक्राउ गरिएको छ ।

सहकारीले बचतकर्तालाई चार वर्षदेखि पैसा फिर्ता नगरेको भनी वाग्मती प्रदेश सरकारको सहकारी मन्त्रालयमा उजुरी परेपछि सोही पत्रका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शुक्रबार घिमिरेलाई पक्राउ गरेको हो ।

वृत्तका प्रहरी नायब उपरीक्षक सन्तोष रोक्काले सहकारी ठगी अभियोगमा सोधपुछ गरी थप कारबाही प्रक्रिया अघि बढाउन निजलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

सहकारीले करिब एक सय ५० बचतकर्ताको रु १५ करोड बचत रकम फिर्ता गर्न बाँकी रहेको जनाइएको छ ।

सम्बन्धित समाचार