संसदीय गरिमा कायम गर्नुपर्नेमा सांसदहरूको जोड

राष्ट्रियसभाका सांसदहरुले संसदीय मर्यादा पालना गरेमात्र संसद्को गरिमा वृद्धि हुने बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा उहाँहरुले सङ्घीय संसद्को संयुक्त बैठकको सन्दर्भमा उठेका प्रश्नको सरकारसँग जवाफ माग गर्नुभयो ।

सांसद पदमबहादुर परियारले प्रधानमन्त्रीको उपस्थितिमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल अगाडि बढाउन श्रेयस्कर हुने भएकाले अध्यक्ष नारायणप्रसाद दाहालको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सुरेश आलेमगर र रोशनी मेचेले संसदीय मर्यादा सबै पक्षबाट पालना हुनुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित समाचार