कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कोषाध्यक्षमा केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई मनोनयन गरेको छ ।

पार्टी सभापति गगनकुमार थापाले शुक्रबार पार्टीको विधान २०१७ (संशोधनसहित)को धारा २१ को उपधारा (४) बमोजिम श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनयन गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।

सभापति थापाले मनोनयन गर्नुभएका श्रेष्ठ यसअघि पनि पार्टीको कोषाध्यक्ष हुनुहुन्थ्यो । श्रेष्ठको नेतृत्वमा जेनजी आन्दोलनमा क्षतिग्रस्त पार्टी केन्द्रीय कार्यालयसमेत पुनर्निर्माण भइरहेको छ ।

सम्बन्धित समाचार