नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ जेठ ।

राष्ट्रपति रामचन्द्र पौडलले नेपालको ३३औँ प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा मनोजकुमार शर्मालाई नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले उहाँलाई मंगलबार सो पदमा नियुक्त गर्नुभएको हो । नवनियुक्त प्रधानन्यायाधीश डा शर्मालाई आइतबारै संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।
संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
यसैगरी प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिनुभएको शपथ लिनुभएको छ ।
राष्ट्रपति राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको हो ।
संवैधानिक परिषद्ले न्याय परिषद्ले पठाएका ६ जनाको नाम मध्ये हाल सर्वोच्च अदालतमा चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो ।
शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोल प्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो ।

