प्रतिनिधिसभा निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत

प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले गत निर्वाचनका लागि जारी भएका अध्यादेशलाई प्रतिस्थापन गर्ने बनेका दुई विधेयक प्रस्तुत गर्नुभएको छ ।

मन्त्री गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुभएको हो । ती विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव बहुमतले स्वीकृत भएको थियो ।

प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ ७ गते बिहीबार बिहान ११ः०० बजे बस्नेछ ।



सम्बन्धित समाचार