नवकान्तिपुर संवाददाता
मेक्सिको सिटी, १२ जेठ ।

विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको मेक्सिकोले बताएको छ ।
मेक्सिकोलाई सन् २०२६ को विश्वकपका लागि इरानी टोली आतिथ्यमा कुनै समस्या नरहेको मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले सोमबार बताउनुभएको हो ।
इरानले आफ्नो समूह मूल योजनाअनुसार टक्सन, एरिजोनामा नबस्ने तर यसको विकल्पमा मेक्सिकोको सीमावर्ती शहर तिजुआनामा बस्न चाहेको बताएको थियो ।
राष्ट्रपति शेनबामले इरानी टोलीको व्यवस्थापनबारे गरिएको पत्रकार सम्मेलनमा भन्नुभयो, “अमेरिका इरानी फुटबल समूह र इरानी शुभेच्छुकलाई आफ्नो भूमिमा राख्न चाहँदैनथ्यो । त्यसैले इरानले मेक्सिकोमा बस्नका लागि अनुमति मागेका थिए र हामीले उनीहको प्रस्तावलाई स्वीकार गरेका छौँ । उनीहरूलाई राख्न कुनै समस्या छैन ।”

