सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु एक हजार ३०० ले घटेको छ ।

सोमबार प्रतितोला रु दुई लाख ९२ हजार ८०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु दुई लाख ९१ हजार ५०० मा कारोबार हुने गरी निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु ९० ले घटेको छ । सोमबार प्रतितोला रु पाँच हजार १५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार ६० निर्धारण भएको छ ।

सम्बन्धित समाचार