सगरमाथा दिवसका अवसरमा मस्कटमा शान्ति पदयात्रा

ओमानस्थित नेपाली राजदूतावासले सगरमाथा दिवसका अवसरमा मस्कटको कुरुम समुद्र तटमा शान्ति पदयात्रा तथा समुद्र किनार सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।

शुक्रबार आयोजित कार्यक्रममा गैरआवासीय नेपाली सोसल क्लब, विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधि तथा नेपाली र विदेशी नागरिकको सहभागिता रहेको उक्त दूतावासले जनाएको छ ।

त्यस अवसरमा ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले यस्ता गतिविधिले नेपाली समुदायबीच एकता र सद्भाव अभिवृद्धि गर्नुका साथै ओमानमा नेपाली समुदायको सकारात्मक छवि निर्माण गर्न सहयोग पुग्ने बताउनुभयो ।

सगरमाथा र गणतन्त्र दिवस एकै दिन परेकाले राजदूतावासमा नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो । यसै अवसरमा दूतावासमा ई–सङ्ग्रहालय स्थापना गरिएको छ ।

सङ्ग्रहालयमा नेपाल–ओमान द्विपक्षीय सम्बन्धसँग सम्बन्धित ऐतिहासिक दस्तावेज राखिएका छन् ।

सम्बन्धित समाचार