नेविसङ्घ अध्यक्षमा कटुवाल नियुक्त

नेपाल विद्यार्थी सङ्घको अध्यक्षमा करूणा कटुवाल नियुक्त हुनुभएको छ । पार्टी सभापति गगनकुमार थापाले उहाँलाई पार्टीको विधानअनुसार सोमबार नियुक्त गर्नुभएको हो ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत वैशाख २१ गते सम्पन्न बैठकको निर्णय बमोजिम कांग्रेसको विधानअनुसार म्याद समाप्त भई स्वतः विघटन भएको नेविसङ्घको अध्यक्षमा कटुवाललाई नियुक्त गरिएको हो ।

अध्यक्ष कटुवाललाई तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरणसहित जिम्मेवारी पनि तोकिएको छ ।

सम्बन्धित समाचार