रास्वपा ताप्लेजुङ सभापतिमा गुरुङ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ चयन हुनुभएको छ । गए राति सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट उहाँ सर्वसम्मतिमा चयन हुनुभएको हो ।

पार्टी उपसभापतिमा मानबहादुर तामाङ, सचिवमा लीलाप्रसाद पौडेल र सहसचिवमा गोपाल गुरागाईं चुनिनुभएको छ ।

अधिवेशनले सात जना सदस्य पनि सर्वसम्मतिमा चुनेको छ । उहाँहरू कमल लेछर्वो, छत्रबहादुर विश्वकर्मा, सुशीला कार्की भोटिया, शान्ति सिवा, हर्कराज गुरुङ, नवीन अधिकारी र राजेन्द्रकुमार थापा हुनुहुन्छ ।

नवनिर्वाचित नेतृत्वले जिल्लामा सङ्गठन विस्तार, सुदृढीकरण तथा सुशासनका एजेण्डालाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिनिधिसभा सदस्य मिङ्मा शेर्पाले शनिबार अपराह्न अधिवेशन उद्घाटन गर्नुभएको थियो ।

सम्बन्धित समाचार