नवकान्तिपुर संवाददाता
जुम्ला, २५ जेठ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाको सभापति पदमा मक्करबहादुर भण्डारी चयन हुनुभएको छ ।
प्रथम जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा भण्डारीलाई सभापतिमा चयन गरिएको रास्वपा जुम्लाका नवनिर्वाचित सचिव जगतबहादुर खत्रीले जानकारी दिनुभयो ।
यसैगरी, उपसभापतिमा सुनिलबहादुर रोकाय, सचिवमा जगतबहादुर खत्री, सहसचिवमा दानबहादुर बुढा चयन भएका छन् । समावेशी सदस्यहरूमा पेमा टाँसी लामा तामाङ, शान्ते कामी, भीमबहादुर बुढा र सीता रोकाय चयन भएको रास्वपा जुम्लाका सचिव खत्रीले बताउनुभयो ।
अधिवेशनले निर्वाचन क्षेत्रस्तरीय समिति पनि गठन गरेको छ । निर्वाचन क्षेत्र नंं १ को उपसंयोजकमा इन्द्रबहादुर बुढा, सचिवमा फुर्वा छिरिङ तामाङ तथा खुला सदस्यमा जनकराज खत्रीलाई चयन गरिएको छ ।
यसैगरी निर्वाचन क्षेत्र नंं २ कोे उपसंयोजकमा कमल आचार्य, सचिवमा मायालाल धिताल तथा खुला सदस्यमा मुक्तिप्रसाद उपाध्याय चयन भएको रास्वपा जुम्लाले जनाएको छ । नवनिर्वाचित सभापति भण्डारीले सङ्गठनलाई थप सुदृढ बनाउन एकताबद्ध भई काम गर्ने जानकारी दिनुभयो ।

