नवकान्तिपुर संवाददाता
काठमाडौँ, १० असार l

फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा टुङ्गिएको छ । समूह ‘एल’अन्तर्गतको आफ्नो दोस्रो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेले ।
समूह चरणको आफ्नो पहिलो खेलमा इङ्ग्ल्याण्डले क्रोएसियालाई ४–२ गोलअन्तर र घानाले पानामालाई १–० गोलले पराजित गरेका थिए ।
विश्वकप प्रतियोगिताअन्तर्गत गए राति भएको खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित गरेको थियो । साथै आज बिहान ४:४५ बजे पानमा र क्रोएसियाबीच खेल हुँदैछ । साथै बिहान ७:४५ बजे कोलम्बिया र कङ्गोबीच खेल हुनेछ ।

