नवकान्तिपुर संवाददाता
मोरङ, १३ असार।

जिल्ला प्रहरी कार्यालय मोरङले बन्दीहरूमाथि अनुचित प्रभाव पारेर अवैध रूपमा रकम असुली गरेको आरोपमा एक जनालाई आज विराटनगरबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार विराटनगर महानगरपालिका-८ बस्ने ४८ वर्षीय अभिषेक गिरीले मोरङ जिल्ला कारागार विराटनगरमा रहेका कैदीबन्दीहरूलाई अनुचित प्रभावमा पारेर अवैध रकम असुली गरिरहेको विशेष सूचनाका आधारमा निजको घर खानतलासी गरी घरबाटै पक्राउ गरिएको हो ।
पक्राउ परेका गिरीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
