नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ असार।

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । मङ्गलबारको तुलनामा सुन तोलामा रु ९०० र चाँदी रु ५५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु दुई लाख ८७ हजार १०० तथा त्यति नै परिमाणको सेतो धातु (चाँदी)को मूल्य रु चार हजार ५०० कायम भएको छ ।
मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५५५ प्रतितोला भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार एक सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
