नवकान्तिपुर संवाददाता
काठमाडौं, ३२ असार।

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ५० अङ्कले बढेर दुई हजार ५९७ दशमलव ८० मा पुगेको हो ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९२ अङ्कले उकालो लागेर चार सय ५६ दशमलव ८६ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ६१ अङ्कले बढेर एक सय ७८ दशमलव ५७ मा पुगेको छ । सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव ९३ अङ्कले बढेर एक सय ५४ दशमलव ४३ मा पुगेको छ ।
बिहीबार विभिन्न कम्पनीका ९४ लाख ६९ हजार ९९ कित्ता शेयर रु चार अर्ब ५६ करोड २९ लाख ५० हजार ७०० मूल्यमा खरिद बिक्री भएको छ । आज १३ मध्ये नौ उपसमूह बढ्यो भने चार उपसमूह घटेको छ ।
बिहीबार एक सय २० कम्पनीको शेयर बढ्दा १५२ कम्पनीको घटेको छ भने तीन कम्पनीको शेयर मूल्य स्थिर रहेको हो । नेप्सेका अनुसार आज एनआइविएल ग्रोथ फण्ड, फष्ट माइक्रो फाइन्नास, चिख्र्वा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने कर्पाेरेट डेभलपमेन्ट बैंक, एनआइसी एसिया फेलेक्सी क्याप फण्ड र भुजुङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

