नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक शुक्रबार सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ८८ अङ्कले बढेर दुई हजार ७३४ दशमलव ६० मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १६ अङ्कले बढेर ४७३ दशमलव ४७ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ८२ अङ्कले बढेर १८७ दशमलव ४० मा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शूल्य दशमलव ८० अङ्कले बढेर १६० दशमलव ५३ मा पुगेको छ । शुक्रबार विभिन्न कम्पनीका एक करोड ३७ लाख ६९ हजार १०० कित्ता सेयर रु छ अर्ब २६ करोड ७२ लाख २६ हजार ७२२ मूल्यमा खरिद बिक्री भएको छ ।

शुक्रबार १३ उपसमूहमध्ये सात उपसमूहको े सेयर बढेको छ भने छ उपसमूहको घटेको छ । शुक्रबार १५३ कम्पनीको सेयर बढ्यो भने १०८ कम्पनीको सेयर घट्यो । त्यसैगरी १५ कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार शुक्रबार एभरेष्ट कलर लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, कर्पाेरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् भने सानिमा बैंक डिबेञ्चर, ग्लोबल आईएमई बैंक लिमिटेडको डिबेञ्चर र सनराइज ब्लुचिप फण्डका लगानीकर्ताले गुमाएका छन् ।

नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक सूचना जारी गरेर नेप्सेको निर्धारित कारोबार समयपश्चात बेवसाइटमा प्राविधिक समस्या आएकाले फरक विवरण देखिएकाले उक्त समस्या समाधान गरिएको जनाएको छ ।

नेप्सेले प्राविधिक समस्याका कारणले सरोकारवालामा पर्न गएको असुविधाका लागि क्षमायाचना गरेको छ ।

सम्बन्धित समाचार