हिट किक बक्सिङ–५९ अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली बक्सर घिमिरे फ्रान्सेली प्रतिद्वन्द्वी स्वीनार्डसँग भिड्ने

‘हिट किक बक्सिङ–५९ अन्तरराष्ट्रिय प्रतियोगिता’मा  नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ रिङमा उत्रने भएका छन् ।  जापानको करिया सहरमा यही भदौ २० गते सो अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना हुँदैछ ।

अन्तरराष्ट्रिय किक बक्सिङ एसोसिएसन (इस्का बोल्र्ड मेन इभेन्ट)मा‘हिमालयन चितुवा’ले फ्रान्सका प्रतिस्पर्धी बक्सर माथन स्वीनार्डसँग भिड्ने छन् ।

‘हिमालयन चितुवा’ले हालसम्म हिट किक बक्सिङमा चारपटक टाइटल डिफेन्स गर्दै चारपटक हिट किक बक्सिङ टाइटल म्याच, अन्तरराष्ट्रिय किक बक्सिङ एसोसिएसन टाइटल र केवान क्रस १७५ र १८२ को दुईपटक टाइटल म्याच चुम्न सफल भइसकेका छन् ।

हालसम्म २८ वटाभन्दा बढी अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिएका उहाँ २० वटामा विजय हासिल गर्ने एकमात्र खेलाडी हुनुहुन्छ । नेपालको गौरव, अदम्य साहस र उचो शानलाई बक्सर खेलका चम्किला तारा घिमिरेले अन्तराष्ट्रिय जगतमा स्थापित गर्नुभएको छ ।

अन्तरराष्ट्रिय किक बक्सिङको इतिहासमा उहाँले आफूलाई अब्बल सावित गर्न सफल हुनुभएको छ ।

सम्बन्धित समाचार