परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूहको’ बैठकमा सहभागी

परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सत्रका अवसरमा बिहीबार न्युयोर्कस्थित टर्किस हाउसमा आयोजित संयुक्त राष्ट्रसङ्घीय ‘मध्यस्थता समूह’ को मन्त्रीस्तरीय प्रभातकालिन बैठकमा सहभागी हुनुभएको छ ।

बैठकमा सहभागी मन्त्रीहरूले द्वन्द्व रोकथाम, विवादको शान्तिपूर्ण समाधान तथा अन्तरराष्ट्रिय शान्ति र सुरक्षाका लागि मध्यस्थताको भूमिकाका विषयमा विचार आदानप्रदान गर्नुभएको थियो । यो समूह सन् २०१० मा स्थापना भएको हो र यसको सहअध्यक्षता फिनल्यान्ड र टर्किले गर्दै आएका छन् ।

बैठकमा परराष्ट्रमन्त्री खनालले नेपालले द्वन्द्वको शान्तिपूर्ण समाधान, संवाद र मध्यस्थतालाई महत्त्व दिँदै आएको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

उहाँले बदलिँदो विश्व परिवेशमा द्वन्द्वको रोकथाम तथा समाधानका लागि संवाद, विश्वास निर्माण र प्रभावकारी मध्यस्थताको आवश्यकता थप महत्त्वपूर्ण बन्दै गएको धारणा राख्नुभएको थियो ।

सम्बन्धित समाचार