बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका १० वटै पालिकाको नेतृत्व चयन भएको छ । गाउँ तथा नगर अधिवेशनअन्तर्गत बागलुङका नौ स्थानीय तहमा सर्वसम्मत र एक स्थानीय तहमा मतदानमार्फत नेतृत्व चयन भएको हो ।

जिल्लाका ८५ वटै वडामा वडा अधिवेशनपछि वडा सभापतिसहितको नेतृत्व चयनपश्चात् १० वटै स्थानीय तहमा गाउँ तथा नगर सभापतिसहित नेतृत्व चयन पुरा भएको नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिकाको सभापतिमा नारायण पौडेल, ढोरपाटन नगरपालिकाको नगर सभापतिमा दीपक अदै र जैमिनी नगरपालिकाको सभापतिमा काशीराम आचार्य चयन सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै, गलकोट नगरपालिकामा मतदानमार्फत हिमबहादुर भण्डारी सभापतिमा निर्वाचित हुनुभएको छ । ताराखोला गाउँपालिकाको सभापतिमा भीमबहादुर रोका, बरेङ गाउँपालिका सभापतिमा मोतिराम गौतम, काठेखोला गाउँपालिका सभापतिमा ज्ञामनाथ कँडेल, बडिगाड गाउँपालिका सभापतिमा रणबहादुर भुजेल, निसीखोला गाउँपालिका सभापतिमा खिमबहादुर कार्की र तमानखोला गाउँपालिका सभापतिमा झकबहादुर बुढा चयन हुनुभएको जिल्ला सचिव हरिहर शर्माले जानकारी दिनुभयो ।

स्थानीय तहको अधिवेशन सकेर क्षत्रीय अधिवेशनको तयारीमा लागेको उहाँको भनाइ छ ।

सम्बन्धित समाचार