नवकान्तिपुर संवाददाता
रूपन्देही, ११ असोज।

रूपन्देहीको तिनाउको बाढीले बुटवल उपमहानगरपालिका–११ टपमझुवा क्षेत्रका छ घर बगाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख जनकबहादुर शाहीका अनुसार बाढीले दुई पक्की र चार कच्ची घर बगाएको हो । घरसँगै त्यहाँका सरसामान पनि बगेका छन् भने मानवीय क्षति भने भएको छैन ।
जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । यद्यपि वर्षा भने रोकिएको छैन ।
