नवकान्तिपुर संवाददाता
वीरगञ्ज (पर्सा), ११ असोज।

नेपाली कांग्रेस पर्सा क्षेत्र नं ४ को क्षेत्रीय सभापतिमा श्रीकान्तप्रसाद यादवलाई पुनःसर्वसम्मत चयन गरिएको छ ।
आइतबार जगरनाथपुर गाउँपालिका–५, मसिहानीमा सम्पन्न कांग्रेसको क्षेत्रीय अधिवेशनले यादवलाई दोस्रो कार्यकालका लागि क्षेत्रीय सभापतिमा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष यादवलाई सर्वसम्मत चयन गरिएको हो ।
त्यसैगरी, अधिवेशनबाट क्षेत्रीय सचिवमा बलिष्टर अहमद र सहसचिवमा सञ्जय चौधरी पनि पुनःसर्वसम्मत चयन हुनुभएको छ । कांग्रेसको १५औँ महाधिवेशनका लागि क्षेत्र नं ४ बाट महाधिवेशन प्रतिनिधिमा पूर्वउद्योगमन्त्री रमेश रिजाल, मधेस प्रदेश सरकारका वनमन्त्री शङ्कर चौधरी, कांग्रेस पर्साका जिल्ला सहसचिव नवीन सिंह, तबरेज अहमद, सहरुम राउत गदी, किशोरीप्रसाद कानु, पञ्चानन्द मिश्र, रेखा चौधरी, गोमा उपाध्याय, गीता विष्ट र शोभा शर्मा सर्वसम्मत चयन हुनुभएको छ ।
क्षेत्र नं ४ को ‘क’ प्रदेशसभा निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा जीवनकृष्ण सापकोटा, उपसभापतिमा मनमोहन महतो थारु, सचिवमा मुकेश महतो तथा सहसचिवमा ललिता देवी र सेवालाल महतो कोइरी चयन भएका छन् ।
‘क’ प्रदेशसभा निर्वाचन क्षेत्रबाट प्रदेश अधिवेशन प्रतिनिधिमा नेताहरु नवराज फुयाँल, नेपाली प्रसाद कुशवाहा, अफताब मियाँ, दीपेन्द्र चौहान, अनोज चौधरी, सुरेन्द्र महतो, केशव खड्का, रुना माझी र बबितासिंह क्षेत्रीसहित २४ जना निर्वाचित हुनुभएको छ ।

