नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असोज।

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गतको निर्वाचनका लागि उपसभापति पदमा उम्मेदवारी दिनुभएका देवराज चालिसेले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
चालिसेले उम्मेदवारी फिर्ता लिनुभएको पार्टीको निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले जानकारी दिनुभयो । यसअघि मङ्गलबार उहाँले निर्धारित समयमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराउनुभएको थियो । चालिसे हाल कांग्रेसका प्रवक्ता समेत हुनुहुन्छ ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तरगत नयाँ नेतृत्वका लागि आज दिउँसो १ बजे मतदान हुँदैछ ।

