राष्ट्रपति पौडेलसमक्ष पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न पाँच मुलुकका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।

राष्ट्रपति भवनमा बुधबार आयोजित विशेष समारोहमा नेपालका लागि युरोपेली सङ्घको प्रतिनिधिमण्डलका आवासीय रादूत चाल्र्स ह्वीट्लीले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो ।

त्यसैगरी, इन्डोनेसिया, घाना, सुडान र ब्रुनाइका गैरआवासीय राजदूतहरू क्रमशः लिस्त्योवाती, कोजो बोन्सु, मोहम्मद अब्दल्ला अली इल्टोम र सिती आर्निफरिजा विन्ती हाजी मोहद जैनीले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो ।

समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो । त्यसअघि उहाँहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवारी गराइएको थियो ।

सम्बन्धित समाचार