करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया ठगमाया बास्तोलाको मृत्यु भएको छ ।

घर नजिकै रहेको बिजुलीको खम्बाबाट झरेको तारबाट प्रवाह भएको करेन्ट लाग्दा उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले जानकारी दिनुभयो ।

घटनापछि बास्तोलाको शव परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार लगिएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार