महागुरु फाल्गुनन्दको जन्मजयन्तीमा सभापति थापाद्वारा श्रद्धासुमन व्यक्त

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उहाँप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको छ ।

सभापति थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै ‘सत्यधर्म मुचुल्का’ मार्फत समाज सुधार तथा किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महागुरु फाल्गुनन्दले पु¥याउनुभएको योगदानको स्मरण गर्नुभएको हो ।

उहाँले महागुरु फाल्गुनन्दले देखाउनुभएको सत्य, अहिंसा, समानता, सदाचार र सामाजिक सुधारको मार्गले सभ्य, न्यायपूर्ण र सद्भावपूर्ण समाज निर्माणका लागि सबैलाई प्रेरणा दिइरहोस् भन्ने कामना गर्नुभएको छ ।

महागुरु फाल्गुनन्दका विचार, दर्शन र आदर्शलाई आत्मसात् गर्दै विविधताबीच एकता, आपसी विश्वास, सहिष्णुता र भाइचाराको भावना अझ प्रगाढ बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।(रासस)

सम्बन्धित समाचार