आज सुनचाँदीको मूल्य घट्यो

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला तीन हजार ३०० र चाँदीको मूल्य प्रतितोला ४५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज विहीबार छापावाल सुन प्रतितोला  दुई लाख ५७ हजार ६०० र चाँदीको मूल्य तीन हजार ३३५ कायम छ ।

बुधबार छापावाल सुन प्रतितोला दुई लाख ६० हजार ९०० र चाँदीको मूल्य तीन हजार ३८० कायम थियो ।

(रासस)

सम्बन्धित समाचार