कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मङ्सिर ८ गते मङ्गलबार बस्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज सूचना जारी गर्दै उक्त बैठक मङ्गलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिनुभयो ।

कांग्रेसले उक्त बैठकमा सहभागी हुनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई निर्देशन दिएको छ ।(रासस)

सम्बन्धित समाचार