सुदूरपश्चिममा अझै तीन दिन आँधीहुरी र वर्षाको त्रास

काठमाडौं, २९ जेठ । गत बिहीबार साँझ सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका कारण दुई जनाको मृत्यु भयो भने एक सय भन्दा बढी घाइते भए । उनीहरु अहिले केहीको उपचार भइरहेको छ भने केही उपचारपछि घर फर्किसकेका छन् । त्यहाँको क्षेत्रमा करोडौको क्षति भएको छ भने ७५ लाख भन्दा बढिको विद्युतिय क्षति भएकाे छ ।

यता डडेल्धुरामा पनि बुधबार चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा परशुराम नगरपालिका–३ मार्कुकी १३ वर्षीया संगीता भाट रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।



बुधबार विहान सुदूरपश्चिमका विभिन्न भागमा भीषण हावाहुरीसँगै वर्षा भयो । हुरि प्रभावित क्षेत्रका स्थानीहरु हावाहुरीको त्रासमा बाँचिरहेका छन् ।

मौसम पूर्वानुमान महाशाखाले भने अब खतरा नरहेको जनाएको छ । पश्चिमी वायुको प्रभाव कम हुँदै गएकाले अब खतरा पनि कम हुँदै जाने  जनाएको छ । महाशाखाले आगामी तीन दिन अझै सुदूरपश्चिममा हावाहुरी चट्याङसहित पानी पर्ने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

त्यस्तै देशका केही स्थानमा आज मेघगर्जन र हुरीबतास सहित वर्षा हुने पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पूर्वी तथा मध्य भागका केही स्थानमा हावाहुरी चल्ने र मेघगर्जनसहित पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार