नगरपालिका कार्यालय अगाडि बम विष्फोट

प्रदेश नम्बर २ को धनुषामा नगरपालिकाको कार्यालयलाई लक्षित गरी बम विष्फोट भएको छ । धनुषाधाम नगरपालिकाको सभाहलको पर्खालमा सो प्रेसरकुकर बम विष्फोट भएको हो । नगरपालिका–३ स्थित पुरानो धर्मशाला पूर्वपट्टी रहेको सो सभाहलको पखालमा बमले क्षति पुर्याएको छ ।

सो बम विष्फोट हिजो राती करिव ९ बजेतिर भएको हुनसक्ने अनुमान प्रहरीको छ । गस्तीको बेला बम विष्फोट भएतापनि त्यसबारे जानकारी नभएको र आज विहान प्रहरी टोली जाँदा नगरपालिकाको प्रयोग विहीन हलको पर्खाल नै प्वाल परेको धनुषा प्रहरी निरीक्षक हिरण यादवले जानकारी दिए ।



घटनामा प्रेसर कुकर बम विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाइएको छ । घटनाको अहिलेसम्म कसैले जिम्मा लिएको छैन । घटना कसले र किन घटायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

सम्बन्धित समाचार