नगर प्रमुख चौधरीले आफ्नै घरमा डोजर लगाएर कम्पाउण्ड वाल भत्काए

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले आफ्नै घरमा डोजर लगाएर कम्पाउण्ड वाल भत्काएका छन् । वडा नं १७ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको उनको घरको परिसर सडकमा परेको भनेर आलोचना भएपछि आज आफैं उपस्थित भएर पर्खाल भत्काउन लगाएका हुन् ।

प्रमुख चौधरीले यसअघि सार्वजनिक जग्गा मिच्नेहरुको संरचना भत्काउने अभियान चलाएका छन् । उनले पहिले आफ्नो घरको परिसरको पर्खाल भत्काएर अभियान चलाउन लागेका हुन् ।



सम्बन्धित समाचार