दुर्घटनामा सिद्दलेक गाउँपालिका अध्यक्ष सिलवाल घाइते

सिद्दलेक गाउँपालिका अध्यक्ष

धादिङमा बोलेरो गाडीले ठक्कर दिँदा सिद्दलेक गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवाल घाइते भएका छन् । धादिङबेंसी घरबाट गाउँपालिका कार्यालयतर्फ जाँदै गरेका गाउँपालिका अध्यक्षलाई बोलेरो गाडीले ठक्कर दिँदा घाइते भएका हुन् ।

धादिङबेंसीतर्फ जाँदै गरेको बा१४च १६४४ नंको बोलेरो जिपले ठक्कर दिँदा बा९१प ३६३९ नंको मोटरसाइकल चालक धर्मराज सिलवाल र अध्यक्ष सिलवाल घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।



बोलेरो जिपले उछिन्न खोज्दा मोटरसाइकललाई ठक्कर दिएपछि पनि बोलेरोले मोटरसाइकललाई धेरै परसम्म तानेर लगेको प्रत्यक्षदर्शीले बताएका छन् । उक्त दुर्घटनापछि पनि उक्त जीप नरोकिकन अगाडि बढाएको घटनास्थलमा उद्धारमा संलग्न जीवन सिलवालले बताए ।

घाइते अध्यक्ष सिलवाललाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडाैंकाे ट्रमा अस्पतालमा पठाइएको छ । दुर्घटनापछि ठक्कर दिने गाडी र चालकलाई प्रहरीले हिरासतमा लिएको छ ।

सम्बन्धित समाचार