सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछी रातो बत्ती बालियाे

सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछी खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । विगत ४ दिनदेखि परेको अविरल वर्षाले नदीमा पानीको बहाव बढेको हो ।

कोशीव्यारेज कन्ट्रोल रुमले सप्तकोशीमा शुक्रबार बिहान ७ बजे पानीको बहाव प्रतिसेकण्ड १ लाख ६५ हजार ७२० क्युसेक पुगेको जनाएको छ जुन बहाव अघिल्ला दिनको तुलनामा बढी हो । ब्यारेजका ३२ वटा ढोका खोलिएका छन्। अहिले बहाब बढ्ने क्रम रहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी ज्ञानेन्द्र फ्युयालले जानकारी दिए।



कोशी नदीका लागि वर्षातको समयमा यतिको बहाव सामान्य मानिन्छ। १ लाख ५० हजार क्युसेक प्रतिसेकेण्ड नाघेको खण्डमा कोशीको बहावलाई प्रारम्भिक सावधानी सूचकको रुपमा लिने गरिन्छ। नदीको जलस्तर बढ्दा कोशी ब्यारेजमा भन्दा सम्भावित जोखिम भने आसपासका क्षेत्रमा पर्ने गर्दछ। चतरामा रहेको बाढी मापन केन्द्रमा पानीको तह उच्च विन्दुमा पुगे त्यसको प्रभाव आसपासका स्परहरुमा देखापर्ने सम्भावना रहन्छ।

कमजोर स्परमा नदीको बहावले धक्का हान्नुका साथै कटान हुन सक्ने सम्भावना रहने हुँदा तटिय क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्ने कोशीका जानकार रविन घिमिरेले बताए ।

सम्बन्धित समाचार