कास्कीको छिनेडाँडामा कामना सेवाको ९४औं शाखा

कामना सेवा विकास बैंक लिमिटेडकाे ९४औं शाखा कास्कीकाे पोखरा महानगरपालिका वडा नं. १४ स्थित छिनेडाँडामा विस्तार भएकाे छ ।

बैंकले आफ्नो सेवा विस्तारको क्रममा अाइतवार ९४औं शाखाका रूपमा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको हाे ।



बैंकका संचालक चतुराखर अधिकारी, संचालक देव कृष्ण काफ्ले तथा गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोलाले संयुक्त रुपमा कारोबार सुभारम्भ गरेका हुन् ।

बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

सम्बन्धित समाचार