नवकान्तिपुर संवाददाता
काठमाडौंँ ३० असार
प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रा सामु जलवायु परिवर्तका असर र चुनौतीको सामना गर्न जनतालाई बढी सशक्त बनाउने र त्यस्ता असरलाई सम्बोधन गर्न तयार रहनेबाहेक अरु उपाय नभएको बताएका छन् ।
वन तथा वातावरण मन्त्रालयको आयोजनामा गरेकाे जलवायुसम्बन्धी अन्तरराष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उनले नेपालको संविधानको धारा ३०ले स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको आधारभूत अधिकारलाई सुनिश्चित गरेकाले यसको पूर्ण कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
उनले आगामी मार्च महिना(फागुन–चैततिर) नेपाल सरकारको आयोजनामा ‘सगरमाथा संवाद’ गर्न लागिएको र त्यसको विषय जलवायु परिवर्तन नै हुने जानकारी दिए । ‘त्यो अन्तरराष्ट्रिय मञ्चमा मानव जातिका समकालीन विषयवस्तुउपर गम्भीर विमर्शका लागि विश्वका नेता, वैचारिक नेता र सरोकारवालाहरुको जमघट हुनेछु, उनले भने ।