सञ्चारमाध्यममा विदेशी लगानी अस्वीकार्य : सञ्चारमन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संचार माध्याममा विदेशी लगानी स्वीकार्य नहुने बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले सरकारले संचार माध्याममा विदेशी लगानी स्वीकार गर्नै नसकिने प्रष्टाएका हुन् ।

सोमबार काठमाडौंमा संचार उद्यमीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एउटै संचार माध्यामलाई रेडियो, टिभी र एफएमहरुमा लगानी गर्न नदिने बताए । उनले संचार माध्यमहरुलाई आतंकवादी गतिविधिलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न सचेत समेत गराए । केही दिनयता हिंसालाई प्रश्रय दिने खालका समाचार केही संचार माध्यामबाट आउन थालेकोमा मन्त्री बास्कोटाको दाबी छ ।



मन्त्री बास्कोटाले श्रमजीवि पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक नदिने संचार माध्यामलाई कारबाही गरिने पनि बताए । मन्त्री बाँस्कोटाले भने, ‘आतङ्कवादप्रति नेपाली मिडियाको दृष्टिकोण के हो ? सञ्चारमाध्यम समाजको पथप्रदर्शक हो भने मिडियाले समाजलाई कता लाँदैछ ?’

‘कम्युनिष्ट पार्टीको सरकार भए पनि नेपाल धेरै रङको देश हो, हामीे लोकतन्त्रमा छाैँ, लोकतन्त्रमा प्रेस खुला रहन्छ’ उनले भने, ‘प्रेसको मर्यादा अरुले राख्नुपर्ने र मिडिया स्वयंले पनि आफ्नो मर्यादा राख्नुपर्छ ।’ राजनीतिक परिवर्तनपछि आर्थिक सामाजिक परिवर्तन गर्नुपर्ने भएकाले विभिन्न नयाँ कानून ल्याइएको उल्लेख गर्दै उनले भने ‘हामीले सञ्चार कानूनको तयारी गरेका छौँ । राम्रा कुरालाई छोपेर विवादित बुँदालाई मात्र बहसमा ल्याउने प्रयास भएको छ । हामी झाडीमा पसेको बाह्रसिँंगेजस्तो भएका छौँ, झाडी छिचोल्न सकिरहेका छैनौंँ । स्वनियममा जान सकिन्छ, त्यसका लागि बहस गरौँ ।’

प्रेस पास पाउनका लागि श्रमजीवी पत्रकारले न्यूनतम पाए, नपाएको सुनिश्चितताका लागि न्यूननतम पारिश्रमिक लिएको र बैङ्कको स्टेटमेन्टमा तलब पाएको भन्नेबाहेक पत्रकारका व्यक्तिगत खाताका अन्य रकमको विवरण नचाहेको बताए । उनले सञ्चारमाध्यमलाई स्वनियममा लानुपर्ने, सञ्चारमाध्यम उद्योग वा सेवा केमा रहने छुट्टिनुपर्ने, संस्थागत र व्यक्तिगत मिडिया छुट्टिनुपर्ने, मिडिया काउन्सिलमा पदाधिकारी हुन सम्पादक वा प्रकाशक नभएको व्यक्ति हुनुपर्ने, काउन्सिलमा पदाधिकारी दोहोरिन नहुने र न्यूनतम पारिश्रमिक निर्धारणका लागि सम्बन्धित संस्थाको सहभागितामा पुनरवलोकनका समयमा कार्यदल गठन गर्ने गरी हालको समिति विघटन गर्ने आफ्नो लक्ष्य रहेकाे दवाी गरे ।

सम्बन्धित समाचार