दिल्लीमा करणी प्रयासपछि बाजुराकी बालिकाकाे हत्या, प्रहरीकाे दबावमा जलाइयो शव

बाजुरा घर भई भारतको नयाँ दिल्लीमा परिवारको साथ बस्दै आएकी एक बालिकालाई बलात्कार प्रयासपछि हत्या गरिएको छ ।बालिकाका आफन्तले दिएको जानकारी अनुसार बाजुराको बुढीगंगा नगरपालिका–१ कुँडीकी ९ वर्षीया लक्ष्मी चँदाराको दिल्लीको सक्कपुरमा बलात्कार प्रयाससँगै हत्या भएको हो । बालिका हत्यापछि उनका आफन्त तथा नेपाली विभिन्न समुदाय र संघसंस्था मिलेर हत्यारालाई तत्काल खोजी गर्न दबाव दिएका थिए ।



दबावपछि हत्यामा संलग्न बसिम अहमद (सनु) लाई भारतीय प्रहरीले पक्राउ गरेको छ । आफूले बालिकालाई बलात्कार गर्ने प्रयास गर्दा प्रतिकार गरेपछि घाँटी च्यापेर हत्या गरेको पक्राउ परेका बसिमले स्वीकार गरेका छन् । हत्या गरिएकी बालिका बुबा देव चँदारा र आमासँगै भारतमा बस्दै आएकी थिइन् ।

बुबा देव चँदरा आफैं बस्दै आएको दिल्लीको सक्कपुरको डी ब्लक १ सय १३ ए नम्बरको एक घरमा चौकीदारको काम गर्दै आएका थिए । शुक्रबार दिउँसो बुवा देव चँदरा कोठामा आउँदा छोरीलाई अचेत अवस्थामा फेला पारेका थिए । छोरी अचेत अवस्थामा फेला पारेपछि अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले बालिकालाई मृत घोषणा गरेका थिए ।

बालिकाको परिवारले बलात्कार प्रयास भएको बताइरहँदा दिल्ली प्रहरीले भने बलात्कार नभई हत्या मात्र भएको जवाफ दिँदै चाँडो शव जलाउन दवाब दिएका दिएका थिए । बालिकाको आइतबारै दाहसंस्कार गरिएको छ ।

सम्बन्धित समाचार