नवकान्तिपुर संवाददाता
काठमाडौं, १० साउन ।
‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले आईएमईको आईएमई पेए डिजिटल वालेट सुविधा समेत प्रदान गर्ने गरी उक्त कम्पनीसंग सम्झौता गरी सेवा संचालनमा ल्याएको छ ।
बैंकको मोवाईल बैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङ मार्फत आईएमई पेए डिजिटल वालेटमा फण्ड लोड गर्ने सुविधा प्रदान गरिएको छ । आईएमई पेए वालेट मार्फत ग्राहकले चन्द्रागिरी केवलकारको टिकटको भुक्तानी, बिद्युत महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानीलगायत अन्य विभिन्न भुक्तानीहरुमा सहयोगी हुने बैंकले जनाएको छ ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९७ वटा शाखा तथा ४५ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।