नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ साउन ।
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राइभेट लिमिटेडले सेलपे सेवा संचालनमा ल्याएको छ । सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेशनको माध्यमबाट बिना कुनै वालेट बनाई आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने छ र सेलपे सेवा विभिन्न अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रणाली अनुपालन गरी विकसित गरिएको कम्पनीले जनाएको छ ।
विभिन्न दुरसंचार सेवा, बिजुली, खानेपानी, टीभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्ट, सिनेमा हलहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पीटुपी, पीटुबी, पीटुजी, बीटुपी, बीटुजी आदि वास्तविक समयमा कार्य गर्ने सेवा प्रदायक कम्पनीको रुपमा स्थापित सेलकम प्राइभेट लिमिटेडले नेपाली उपभोक्तालाई लक्षित गर्दै भुक्तानी सेवा “सेलपे” को सुरुवात गरेको हो ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा मितव्ययी सेवा भएको कम्पनीको दाबी छ ।सेलपेमार्फत् गरिने भुक्तानी वास्तविक समयमा कार्यान्वयन हुन्छ । जब कुनै ग्राहकले कुनै पनि भुक्तानीका लागि अनुरोध सम्प्रेषण गर्छ तब तुरुन्तै निजको बैंकको खातामा संचित रकमबाट निर्दोष भए बमोजिमको रकम कट्टी भई जसलाई भुक्तानी गरिनु पर्ने हो निजको बैंक खातामा उक्त रकम जम्मा हुनेछ । यसरी कुनै वालेट बिना नै विभिन्न भुक्तानीहरु गर्न सकिनु सेलपे सेवाको मुख्य विशेषता हो ।
यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।
बिक्रेताहरुको हकमा आफ्नो ब्यवसाय सेलपेमा आवद्ध गरी ग्राहकले सेलपेमार्फत् गरेको भुक्तानी रकम तुरुन्तै आफ्नो बैंक खातामा प्राप्त गर्न सकिनेछ । अन्य भुक्तानी माध्यमबाट प्राप्त गर्दा लाग्ने शुल्क भन्दा न्युन शुल्कमा सेलपे सेवा प्राप्त गर्न सुकिने कम्पनीले जनाएको छ ।
सेलपे सेवा कस्तो सेवा हो ?
सेलपे सेवा, नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राईभेट लिमिटेडले संचालन गरेको विभिन्न किसिमका भुक्तानीहरु गरिने सेवा हो । सेलपे सेवाबाट मोबाइल तथा वेबको माध्यममार्फत आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने छ । सेलपे सेवा विभिन्न अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रणाली अनुपालन गरी विकसित गरिएको छ ।
के सेलपे वालेट सेवा हो ?
होइन, सेलपे वालेट सेवा होइन । सेलपे सेवामा ग्राहकले वालेट बनाउनु पर्ने, वालेटमा रकम स्थानान्तरण गर्नुपर्ने जस्ता झन्झटिला प्रक्रियाहरु अपनाउनु पर्दैन । सेलपे सेवा एक किसिमको डिजिटल डेविट कार्ड हो । यसमा ग्राहकले आफ्नो एक वा एकभन्दा बढी बैंक खाताहरु जोड्न सक्नेछन् । सेलपे सेवाबाट मोबाइल फोन रिचार्ज, टेलिफोन, बिजुली, खानेपानी, इन्टरनेट महसुल भुक्तानी, रकम स्थानान्तरण, विक्रेता भुक्तानी, इ–कमर्स तथा अनलाइन भुक्तानीहरु गर्न सकिने छ ।
सेलपे सेवा कसरी प्राप्त गर्न सकिन्छ ?
सर्वप्रथम गुगल प्लेस्टोर वा एप्पल एप्पस्टोर वा हाम्रो वेबसाइटमा गई सेलपे एप्प आफ्नो स्मार्टफोनमा डाउनलोड गर्नुपर्ने छ । ततपश्चात एप्पमा भनिएअनुरुप आफुलाई दर्ता गरी आवश्यक केवाईसी जानकारीहरु भरी आफ्ना बैंक खाताहरु जोड्न सकिनेछ ।
सेलपे सेवामा कति वटासम्म बैंक खाताहरु आवद्ध गर्न सकिन्छ ?
आफुले चाहेको जति पनि बैंक खाताहरु सेलपे सेवामा आवद्ध गर्न सकिनेछ । तर ती बैंकहरु साझेदार बैंक हुनु पर्ने छ ।
सेलपे सेवा एप्प जडित मोबाइल हराएमा के गर्ने ?
सेलपे सेवाले तपाईको मोबाइलमा कुनै पनि जानकारीहरु भण्डारण गर्दैन तसर्थ यदि तपाइँको मोबाइल हराएको खण्डमा पनि उक्त फोनबाट कुनै कारोबार हुन्छ कि भनी कुनै चिन्ता गर्नु पर्दैन । बैंकमा अथवा सेलपेमा सम्पर्क गरी आफ्नो सेलपे सेवा ब्लक गर्न सक्नु हुने छ ।