भारत स्वशासित जम्मु कश्मिरमा धारा १४४ लागु गरिएको छ ।
आज बिहान ६ बजेदेखि धारा १४४ लागु गरेसँगै जम्मु, श्रीनगरसहित सो इलाकाका सबै स्कुल, कलेज समेत बन्द गर्न आदेश दिएको एएनआईले जनाएको छ । सो क्षेत्रमा मोबाइल इन्टरनेटसमेत बन्द गरिएको छ ।
यो धारा लागु भएपछि सार्वजनिक ठाउमा भेला हुन पाइदैन भने आदेश उलंघन गर्नेलाई प्रहरीले हिरासतमा लिएर कारवाही गर्ने विशेष अधिकार रहेको हुन्छ ।
सरकारी पक्षले सुरक्षा सतर्कताका लागि यस्तो कदम उठाएको बताएका छन् । साथै धारा १४४ लागु भएसँगै जम्मुका पुर्व मुख्यमन्त्री द्वय उमार अब्दुल्ला र महबुब मुफ्तीलाई नजरबन्दमा राखिएको छ । उनीहरुले ट्वीटर मार्फत आफुलाई नजरबन्दमा राखिएको जानकारी दिएका थिए ।
केहि दिनदेखि कास्मिरमा सुरक्षा फौज बढाइएसँगै यसको पूर्वानुमान गरिएको थियो ।