नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ साउन ।
शाओमी, विश्वव्यापी टेक्नोलोजी लिडरले सबैभन्दा रुचाईएको रेडमी ए सिरिज लाइनअपको रेडमी ७ ए नेपालमा सार्वजनिक गरेको छ । रेडमी ६ ए लाई पूर्ण रुपमा अप्ग्रेड गरेर कम्पनीले रु ११,५०० देखि रेडमी ७ ए नेपाली बजारमा भित्र्याएको छ । यसमा क्वालकम स्न्यापड्रेगन ४३९ चिपसेट, ४००० एमएएच ब्याट्री, १२ एमपी सोनी क्यामेरा सेन्सर र म्याट फिनिस भएको यूनीबडी डिजाइन जस्ता विशेषताहरु रहेका छन् ।
गुणस्तरमा विशेष ध्यान दिदैँ आएको शाओमीले आफ्ना ग्राहकहरुलाई उच्च गुणस्तरीय ब्राण्डको अनुभव प्रदान गर्ने फोनहरु उपलब्ध गराउदै आइरहेको छ । यस ब्राण्डले ग्राहकहरुलाई उच्च गुणस्तरीय उत्पादनका साथै दिर्घकालिन सेवा प्रदान गर्ने प्रतिबद्धतासँगै रेडमी ७ ए मा दुई वर्षको वारेन्टी प्रदान गरेको छ ।
यस अवसरमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “ हामी हाम्रा नेपालका एमाई फ्यानहरुलाई नयाँ रेडमी ७ ए फोन ल्याउन पाउँदा निकै खुसी छौं । १२ एमपी सोनी सेन्सर क्यामेराको अनुभव प्रदान गर्ने २ GHZ ओक्टा–कोर क्वालकम स्न्यापड्रेगन ४३९ ले संचालित रेडमी ७ ए मा अविश्वसनीय विशेषताहरु रहेका छन् । साथै, रेडमी ७ ए ४००० एमएएच ब्याट्री भएको रेडमी “ए” सिरिजकै पहिलो यस प्रकारको स्मार्टफोन हो । हामीलाई विश्वास छ कि हाम्रो उत्पादन उच्च गुणस्तरीय छ । त्यसैले हामीले रेडमी ७ ए मा दुई वर्षको वारेन्टी प्रदान गरिरहेका छौं । सुलभ मूल्यमा नविनतम उत्पादनहरु पेश गरेर नयाँ बेन्चमार्क राख्न सफल भएका छौं र हामी रेडमी ७ ए ले एमआई फ्यानहरु र अन्य ग्राहकहरुलाई नयाँ अनुभव प्रदान गर्नेछ भन्ने पक्षमा सकारात्मक छौं ।”
रेडमी ए सिरिजले हरेक सेगमेन्टमा नयाँ तथा उत्तम प्रविधिहरु ल्याएको छ । रेडमी ७ ए मा २ न्ज्श सक्षम ओक्टा–कोर स्न्यापड्रेगन ४३९ र उच्च क्षमता भएको ४००० एमएएच ब्याट्री रहेको छ जसले दुई दिनसम्मको ब्याट्री लाइफ सुनिश्चित गर्दछ ।