कामना सेवाको नारायणगढ शाखा स्थानान्तरण समारोह सम्पन्न

कामना सेवाविकास बैंकको चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ३, स्थित नारायणगढ शाखाकार्यालय हाल सञ्चालित भवनसंगै जोडिएको पूर्वतर्फ रहेको भवनमा स्थानान्तरण भई कारोबार शुभारम्भ गरेको छ । भरतपुर महानगरपालिका उपप्रमुख पार्वतीशाह ठकुरीले उक्तशाखाको कारोबार शुभारम्भ गरेकी थिईन् ।

स्थानान्तरण भइ कारोबार शुभारम्भ समारोहमा बैंकका संचालक भिम प्रसाद तुलाचन,प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत तथा क्षेत्रि यप्रमुख नारायणगढका सुरेन्द्र भण्डारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो । यस बैंकले नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई उच्चस्तरको बैंकिङ्गसेवा सुविधाहरु उपलब्ध गराउँदै आएको जानकारी गराइएको थियो ।



काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९७ वटा शाखा तथा ४५ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ ।

सम्बन्धित समाचार