हृदयघातका कारण भारतकी पूर्वविदेशमन्त्री सुषमा स्वराजको निधन

भारतीय पूर्वविदेशमन्त्री सुषमा स्वराजको निधन भएको छ। स्वराजको मंगलबार राति दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो। भारतीय संचारमाध्यमका अनुसार सुषमा स्वराजको हृदयघातका कारण निधन भएको हो।

हृदयघातपछि स्वराजलाई एम्स अस्पतालमा भर्ना गरिएको थियो। सुषमा स्वराजको निधन भएको अस्पतालमा भारतीय रक्षामन्त्री राजनाथ सिंह, केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धन र केन्द्रीयमन्त्री नितिन गडकरी पनि अस्पताल पुगेका थिए। ६७ वर्षीया स्वाराज लामो समयदेखि बिरामी थिइन्। उनले स्वास्थ्य अवस्था कमजोर रहेको अवस्था दर्शाउँदै प्रधानमन्त्री मोदीलाई पछिल्लो समय मन्त्री नबनाउन पनि आग्रह गरेकी थिइन् भने उनी लोकसभा निर्वाचनमा उम्मेदवार पनि बनेकी थिइनन्।



मोदीको पहिलो प्रधानमन्त्रीको कार्यकालमा उनी विदेशमन्त्री भएकी थिइन्। सुषमा स्वराज भारतकी सबैभन्दा कम उमेरकी क्याबिनेट मन्त्री बनेकी थिइन् भने पहिलो मुख्यमन्त्री रहेकी पनि भारतीय संचारमाध्यमले जनाएका छन्। उनी पहिलो महिला मुख्यमन्त्री पनि थिइन्। सन् १९९८ मा उनी दिल्लीकी मुख्यमन्त्री बनेकी थिइन्। इन्दिरा गान्धीपछि दोस्रो महिला विदेशमन्त्री स्वराज थिइन्। शुष्माको सन् २०१६ मा मन्त्री रहेका बेला नै किड्नी ट्रान्सप्लान्ट गरिएको थियो।

सम्बन्धित समाचार