आज चट्याङ र भारी वर्षाको सम्भावना छ, होसियारी अपनाउनुः मौसमविद्

आज (बुधबार) देशका विभिन्न स्थानमा चट्याङ तथा भारी वर्षाको सम्भावना उल्लेख गर्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

भारी वर्षाका कारण मध्य र पूर्वी क्षेत्रमा पहिरो जाने तथा भूक्षयसमेत हुने जोखिम रहेकाले यातायात अवरुद्ध हुने सम्भावना देखिएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।



महाशाखाले बुधबार बिहान जारी गरेको २४ घण्टे चेतावनी तथा परामर्शमा भनिएको छ, देशको केही स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुने चट्याङ पर्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिन्छ। मध्य र पूर्वी नेपालका एकरदुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ । जसले गर्दा सडक यातायातमा पहिरो रभू(क्षयका कारण अवरोध आउन सक्छ। तसर्थ यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरिन्छ।

महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार तीन दिनयता मनसुन न्यून चापीय रेखा (पानी पार्ने प्रणाली) आफ्नो औसत स्थान (दक्षिण भारत) बाट केही उत्तर नेपालतर्फ सरेकाले यहाँ मनसुनी गतिविधि बढेको हो।

तर मंगलबार राति परेको तथा आज पर्ने पानी भने बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले हो।

‘मध्य र पूर्वी क्षेत्रमा बंगाल खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव छ,’ नेपालखबरसँग उनले भने, ‘पश्चिमतिर भने न्यून चापीय रेखाको पनि प्रभाव छ।’

उनका अनुसार काठमाडौं उपत्यकामा पनि अहिले सामान्य बदली छ। दिउँसोपख मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको उनले बताए।

हेरौं मौसम पूर्वानुमान महाशाखाको बुलेटिन:

मौसम विश्लेषण

मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तर (नेपाल) तर्फ सरेको छ। साथै पूर्वी र मध्य नेपालमा एउटा न्यून चापीय क्षेत्रको असर पनिदेखिएको छ। मनसुनको न्यून चापीय रेखाको साविक स्थान भन्नाले भारतका उत्तरी राजस्थान, हरियाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगाल खाडीसम्म जनाउँछ।

देशभर समग्र मौसमको अवस्था
हाल देशभर सामान्यतया बदली छ। देशको पूर्वी भू–भागका केही स्थानहरूमा मेघ गर्जन गराउने बादल सक्रिय छ। पूर्वी तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। देशका पूर्वी र पश्चिमी पहाडी भू–भागका केही स्थानहरूमा पनि वर्षा भइरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

श्रावण २२ गते बुधबार

दिउँसो : देशका पूर्वी र मध्य भू–भागहरूमा सामान्यदेखि पूर्ण बदली रही देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। देशका केही स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। मध्य र पूर्वी नेपालका एक र दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।
राति : देशभर सामान्यतया बदली रही पूर्वी र मध्य भू–भागका केही स्थानमा र पश्चिमी भू–भागका एक र दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

श्रावण २३ गते बिहीबार

दिउँसो :देशभर आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ।
राति : देशभर सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम वर्षा हुनेछ।

श्रावण २४ गते शुक्रबार

दिउँसो : देशभर आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। पूर्वी पहाडी भू(भागका एकरदुई स्थानमा भारी वर्षा हुन सक्छ।

राति : देशभर सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। पश्चिमी पहाडी भू–भागका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षा हुन सक्छ।

सम्बन्धित समाचार