साञ्जेन हाइड्रोपावर र रसुवागढी हाइड्रोपावरको शेयरमा उच्च बिक्री चाप आउँदा बुधबार शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । शेयर खरिदको लागि कुनै खरिद अडर देखिदैन ।
साञ्जेन लघुवित्तको २६ हजार कित्ता शेयर बिक्रीको लागि राखिएको छ भने रसुवागढी हाइड्रोपावरको पनि ८७ हजार कित्ता शेयर बिक्रीको लागि राखिएको छ।
दुबै कम्पनीको शेयर मूल्य झण्डै १० प्रतिशतले घटेर नेगेटिभ सर्किट लागेको हो । कारोबार खुलेको ३० मिनेट समयमा नै साञ्जेन जलबिद्युतको शेयरमुल्य घटेर २३५ रुपैयाँमा झरेको छ भने रसुवागढीको २३७ रुपैयाँमा झरेको छ।