बैशाखपछि झन्डै १० हजार बढ्यो सुनको भाउ

केहि दिन देखि लगातार बढेको सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ६८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बढेर ६९ हजार ५०० रुपैयामा कारोबार भईरहेको छ ।

त्यसैगरी मंगलबार ६७ हजार ७०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ६९ हजार २०० रुपैयामामा कारोबार हुँदै छ ।



महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५९ हजार ५८५ रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५९ हजार ३३० रुपैयाँ कायम गरेको छ।

तेसैगरी आज प्रति १० ग्राम चाँदीको मूल्य ६९४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

सुनको बजार मुल्य केही दिन देखी लगातार माथि उक्लिने क्रममा छ। अन्तर्राष्ट्रिय बजार मै केही दिन देखी सुनको भाउ बढने क्रममा छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार अमेरिका इरानबीचको बदिरहेको तनाव तथा अमेरिका चीन व्यवपार तनाबको असरले गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उक्लिने क्रममा छ ।

वर्षको सुरुवातमा ५९ हजार ६०० प्रति तोलामा कारोबार भएको सुन चार महिना पछी झन्डै १० हजार रुपैया बढेको छ ।
आजको सुनको भाउ, अहिले सम्म कै महँगो भाउ हो ।

सुनको भाउ बढे सँगै बजारको सुनपसलमा सुन किन्ने भन्दा पनि बेच्ने ग्राहकको सङ्ख्या हुवाट्टै बढेको एक सुन व्यवसायी बताउँछन ।

सम्बन्धित समाचार