प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य, शुक्रबार स्वदेश फर्किँदै

स्वास्थ्य उपचारको सिलसिलामा ९ सदस्यीय टोली सहित साउन १८ गते सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण सकिएको छ।

सिंगापुरस्थित नेशनल युनिर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गरेका प्रधानमन्त्री ओलीको चेकजाँचपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको रिपोर्ट आएको हो।



‘प्रधानमन्त्रीज्यूको नियमित चेकजाँच सकिएको छ र उहाँ भोलि स्वेदश फर्किँदै हुनुहुन्छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने।

सरकारले यसअघि नै ओलीको स्वास्थ्य परीक्षण र सिंगापुर बसाईंका क्रममा लागेको खर्च उनी आफैंले व्यहोर्ने जानकारी गराइसकेको छ।

सिंगापुर जानुअघि प्रधानमन्त्री ओलीले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरेका थिए।

सम्बन्धित समाचार