तीनै तहका सरकार मिलेर रामग्रामको विकास गछौं : मन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले तीनै तहका सरकार मिलेर रामग्रामको विकास गर्ने बताएका छन्। बुद्धसर्किट अन्तर्गतका बुद्धस्थलको भ्रमणका लागि बुधबार पश्चिम नवलपरासीको ऐतिहासिक रामग्राम स्तूप क्षेत्रको अवलोकनमा आएका मन्त्री भट्टराईले स्थानीय अगुवासँगको अन्तरक्रियामा भने, “यो स्तूप क्षेत्रको विकासमा प्रधानमन्त्रीको पनि विशेष चासो रहेको छ, हामी सङ्घ, प्रदेश र स्थानीय तिनै तहका सरकार मिलेर यसको विकास गर्छौँ, तर संरक्षण गर्ने काम तपाईहरुकै हो ।”

मन्त्री भट्टराईले लुम्बिनी गुरुयोजनाअनुसार रामग्रामको ऐतिहासिकता र पुरातात्विकता संरक्षण हुने गरी विकासका संरचना अघि बढाउने उल्लेख गरे । “रामग्राम स्तूप क्षेत्र अब हिजोको जस्तो अवस्थामा हुने छैन, गुरुयोजनाअनुसार हामीले यसको ऐतिहासिकता जोगाएर आवश्यक संरचना बनाउछौँ र भैरहवामा विमानस्थल बनेपछि यहाँ पर्यटन आगमन थप बढ्नेछ”, उनले भने ।



सम्बन्धित समाचार