कस्मिरमा कर्फ्यु, काठमाडौंमा छटपटी

राज्यका सबै विशेषधिकार खोसिएको भारतको जम्मु–कस्मिरमा चार दिनदेखि कर्फ्यु छ । राजधानी श्रीनगरलगायत सडक चोक, गल्लीमा सैनिक तैनाथ छन् । पूर्वमुख्यमन्त्रीहरु थुनिएका छन् । सर्वसाधारण घरबाट बाहिर निस्किन पाएका छैनन् । सञ्चार सेवा पूर्ण रुपमा बन्द छ ।

लामो समयदेखि द्वन्दवको चपेटामा परेको कस्मिरबाट नेपाल आएर व्यापार व्यवसाय गर्दै बसेकाहरु यतिबेला आफ्नो थातथलो र आफन्तको चिन्तामा पिरोलिएका छन् ।



काठमाडौँका विभिन्न गल्लीमा कस्मिरीहरु छाला, हस्तकलाका सामान र पस्मिनाको व्यापार गर्छन् । मुस्लिमको प्रमुख चाड ईद आगामी सोमबार छ । चाड मान्न थातथलो गएकाहरुको खबर नपाउँदा यहाँ रहेकाहरुबीच चिन्ता छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रशान्त मालीले लेखेका छन् ।

सम्बन्धित समाचार