‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देही जिल्ला वुटवल ६ स्थितश्री तिलोत्तमा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले स्कुल झोला वितरण गरेका छन् । त्यस्तै सिद्धार्थनगर नगरपालिकामा सीसी क्यामेरा जडानका लागि सीसी क्यामेरा जडान उपभोक्ता समितिलाई भैरहवा शाखा कार्यालयका शाखा प्रवन्धक तुलसी प्रसाद आचार्यले चच्चिस हजार रुपैंयाको चेकहस्तान्तरण गरेका थिए ।
यसैगरी बैंकले स्वर्णिम सुरक्षित बचत खाताका ग्राहकहरुलाई स्वास्थ्य बीमा गर्दै आएकोमा शाखा कार्यालय दमकका ग्राहक सारदा आङ्देम्बेलाई ९ हजार ६ सय सात र बेसिशहरका ग्राहक रन्जिता अधिकारीलाई ६७ हजार८ सय १९ रुपैंया स्वास्थ्य बीमा अन्तर्गतको रकम हस्तान्तरण गरेको छ ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९७ वटा शाखा तथा ४५ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।