यस कारण बढिरहेछ सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ७१ हजार रुपैयाँ कारोबार भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

सुनको मूल्य बढ्नुको मुख्य कारणको रुपमा चीन–अमेरिका व्यापार युद्ध, अमेरिकी केन्द्रीय बैंकले घटाएको ब्याज,कमजोर सेयर बजारलाई मानिएको छ । त्यसैगरी जर्मनीको अर्थतन्त्रमा आएको सुस्तता,अमेरिकाको इरान र उत्तर कोरियासँग कटु सम्बन्ध र जम्मु–कश्मीर विवादले पनि सुनको मुल्य बढाउन सहयोग पुगेको छ । यो समाचार कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन् ।



सम्बन्धित समाचार